भोटेकोशी विपति : तत्काल उद्धार र राहत प्याकेज घोषणा गर्न आजपाको माग
rajdhanidaily.com · Wed Aug 26 12:54:23 GMT 2026

काठमाडौं । आम जनता पार्टी (आजपा)ले रसुवाको भोटेकोशी नदीमा आएको अप्रत्यासित र आकस्मिक भीषण बाढीका कारण ठुलो मात्रामा जनधनको क्षति भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।
आजपा प्रवक्ता सुभाष साहले आज प्रेस वक्तव्य जारी गर्दै सरकार तथा सरोकारवाला निकायहरूसँग तत्काल उद्धार, राहत, उचित क्षतिपूर्ति र पुनःस्थापना सहितको दीर्घकालीन सुरक्षा रणनीतिका उपायहरू अवलम्बन गर्न माग गरेका छन् । साथै प्रभावित क्षेत्रलाई संकटग्रस्त घोषणा गर्दै यस घटनाको सत्य–तथ्य बाहिर ल्याउन समेत उनले माग गरेका छन् ।
Read full story at source (rajdhanidaily.com)