पूर्वसूचना प्रणाली र विपद् तयारीका विषयमा गम्भीर छलफल होस्ः गगन थापा
barnanmedia.com · Wed Aug 26 12:47:58 GMT 2026

नेपाली कांग्रेसले मुलुकमा रसुवा बाढी विपद्बाट सिर्जित सङ्कट व्यवस्थापन र राहत वितरणलाई व्यवस्थित बनाउन ‘विपद् व्यवस्थापन समन्वय तथा सहजीकरण समिति’ गठन गरेको छ ।
पार्टीका सभापति गगनकुमार थापाले बुधवार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित केन्द्रीय कार्यसमितिको बैठकमा यससम्बन्धी कार्य योजना प्रस्तुत गर्दै राहत र उद्धारमा सङ्गठित रूपमा जुट्न पार्टीका नेता तथा कार्यकर्ताहरूलाई आह्वान गरेका हुन् । पार्टीका सांसद मोहन आचार्यको संयोजकत्वमा गठित उक्त समितिमा प्रभावित जिल्लाका पार्टी सभापतिहरू, प्रदेश तथा सङ्घीय सांसदहरू र स्थानीय तहका प्रमुख–उपप्रमुखहरूलाई समावेश गरिएको छ ।
Read full story at source (barnanmedia.com)