सर्लाहीको हरिवन आइपुग्यो मिटरब्याजपीडितको न्याय मार्च, खुट्टामा उठ्न थाले फोका
nepalviews.com · Sun Jul 12 08:06:26 GMT 2026

सर्लाही। मिटरब्याजपीडितहरूले न्यायको माग गर्दै जनकपुरबाट काठमाडौंतर्फ थालेको पैदल यात्रा चौथो दिन सर्लाहीको हरिवन आइपुगेको छ।
हिजो महोत्तरीको बर्दिबासस्थित पञ्चधुरी माइथानबाट यात्रा सुरु गरेका उनीहरूले करिब २६ किलोमिटर दूरी पार गर्दै साँझ सर्लाहीकै लालबन्दीमा विश्राम गरेका थिए। आज बिहान ७ बजेदेखि पुनः यात्रा सुरु गरिएको हो।