चिलिमे जलविद्युतको सुरुङभित्र ६ कर्मचारी फसे, उद्धारका लागि नेपाली सेना पुग्न सकेन
ratopati.com · Wed Aug 26 12:57:22 GMT 2026

काठमाडौँ ।रसुवामा रहेको चिलिमे जलविद्युत कम्पनी लिमिटेडको सुरुङभित्र ६ जना कर्मचारीहरू फसेका छन्। भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण उत्पन्न विषम परिस्थितिका कारण उनीहरू सुरुङभित्रै थुनिएका हुन्।
चिलिमे जलविद्युत कम्पनीका अनुसार सुरुङभित्र थुनिएका कर्मचारीहरूलाई निकाल्नका लागि नेपाली सेना र अन्य उद्धार टोलीहरूले प्रयास गरिरहेका छन्। तर, बाढी र प्रतिकूल भौगोलिक अवस्थाका कारण उद्धारकर्मीहरू अहिलेसम्म कर्मचारीहरू भएको स्थानसम्म पुग्न सकेका छैनन्।
Read full story at source (ratopati.com)