अस्पताल फार्मेसीमा सुशासनको परीक्षा : औषधि हिनामिना रोक्न प्रणाली बलियो बनाउनैपर्छ
swasthyakhabar.com · Sun Jul 12 08:22:17 GMT 2026

नेपालका सरकारी अस्पतालहरू नागरिकको स्वास्थ्य सुरक्षाका आधारस्तम्भ हुन्। राज्यले निःशुल्क तथा सहुलियत दरमा औषधि उपलब्ध गराउन अर्बौँ रुपैयाँ खर्च गरिरहेको छ। तर यही औषधि खरिद, भण्डारण, वितरण र मौज्दात व्यवस्थापनमा पारदर्शिता र प्रभावकारी नियन्त्रण नहुँदा औषधि हिनामिना, अभिलेखमा हेरफेर, आर्थिक अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोग हुने जोखिम बढ्ने चिन्ता समय समयमा उठ्ने गरेको छ।
अस्पताल फार्मेसी केवल औषधि बिक्री गर्ने ठाउँ होइन। यो बिरामीको उपचारको अन्तिम र अत्यन्त संवेदनशील कडी हो। यहाँ हुने एउटा त्रुटिले बिरामीको उपचार, सरकारी बजेट र स्वास्थ्य प्रणालीप्रतिको जनविश्वास तीनैमा असर पार्न सक्छ।
Read full story at source (swasthyakhabar.com)