सन्धिखर्कका नगरपालिकाका १६८ कर्मचारीले एक हप्ताको तलब बाढीपीडितका लागि सहयोग गर्ने
annapurnapost.com · Wed Aug 26 13:15:55 GMT 2026

अर्घाखाँची : सन्धिखर्क नगरपालिकाका १ सय ६८ कर्मचारीले बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनाकालागि एक हप्ताको तलब सहयोग गर्ने भएका छन्। भोटेकोशी र त्रिशूली नदीमा आएको अप्रत्याशित तथा आकस्मिक बाढीबाट ठूलो भौतिक तथा मानवीय क्षति भएपछि सन्धिखर्क नगरपालिका कर्मचारीले राहत तथा पुनःस्थापनाका लागि आफ्ना कर्मचारीको एक हप्ताको तलब बराबरको रकम विपद् राहत कोषमा जम्मा गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय प्रमोद खनालले बताए।
नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनालको अध्यक्षतामा बसेको बैठकले विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाको कार्यमा ऐक्यबद्धता जनाउँदै नगरपालिकाको कार्यालय तथा मातहतका कार्यालयमा कार्यरत राष्ट्रसेवक कर्मचारीहरूको तलबबाट एक हप्ता बराबरको रकम कट्टा गरी विपद् राहत कोषमा उपलब्ध गराउने निर्णय गरेको हो
Read full story at source (annapurnapost.com)