बाढीपछि पशुजन्य रोग फैलिन नदिन विभागलाई मन्त्री चौधरीको निर्देशन
ratopati.com · Wed Aug 26 13:21:02 GMT 2026

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले बाढीका कारण पशुचौपायामा रोग फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै आवश्यक रोकथाम तथा नियन्त्रणका उपाय तत्काल अवलम्बन गर्न पशु सेवा विभागलाई निर्देशन दिएकी छिन्।
बाढीका कारण पशुचौपायाको आवतजावत तथा सम्पर्क बढ्न सक्ने र त्यसबाट सङ्क्रामक रोग फैलिन सक्ने जोखिम रहेकाले पशु स्वास्थ्यमा विशेष निगरानी तथा सतर्कता अपनाउन उनले निर्देशन दिएकी हुन्।
Read full story at source (ratopati.com)