रसुवा बाढीका कारण सम्पर्कविहीन ४४ सैनिकको खोजी कार्य हुँदै
ratopati.com · Wed Aug 26 13:26:05 GMT 2026

काठमाडौँ। रसुवामा आएको बाढीका कारण सम्पर्कविहीन भएका ४४ जना सैनिक कर्मचारीको खोजी भइरहेको नेपाली सेनाले जनाएको छ । बुधबार बिहान ९ बजेतिर चीनको तिब्बततर्फबाट आएको ल्हेन्दे खोलाको बाढीका कारण भोटेकोशी र त्रिशुलीमा बहाव बढेको थियो ।
सो बाढीमा परेर रसुवा र नुवाकोटमा कार्यरत सैनिक कर्मचारी बेपत्ता भएका हुन् । उनीहरूको खोजीकार्य भइरहेको सैनिक प्रवक्ता (सहायकरथी) राजाराम बस्नेतले रातोपाटीलाई बताए ।
Read full story at source (ratopati.com)