हेर्दाहेर्दै क्षतविक्षत भयो टिमुरे
nepalnews.com · Wed Aug 26 13:15:06 GMT 2026

आज बिहान म घरमै थिएँ। खाना खाइरहेको बेला बिहान करिब ८ बजेर ४० मिनेटमा टिमुरेमा बाढी आएको खबर आयो। ‘टिमुरे सबै गयो, केही बाँकी छैन’ भन्ने सुनियो। त्यसपछि हतारहतार बाहिर निस्किएर हेर्न थालेँ।
बेत्रावतीतिर हेर्दै गर्दा एक्कासि डरलाग्दो आवाज आयो। आवाजसँगै पूरै भूमरी आएजस्तो देखियो। गाउँ नै हल्लियो। भूकम्प गएजस्तो महसुस भयो। के भइरहेको हो भनेर छुट्याउनै सकिने अवस्था थिएन। आँखैअगाडि बजार र बस्ती क्षतविक्षत भए। हामीले कल्पनासम्म नगरेको घटना भयो।
Read full story at source (nepalnews.com)