‘सबै सकियो, जिल्ला नै अन्धकारमय भयो, यहाँको अवस्था सोध्दै नसोध्नुस्’
khabarhub.com · Wed Aug 26 13:26:51 GMT 2026

काठमाडौं- बुधबार बिहान भोटेकोसीमा आएको विनाशकारी बाढीले रसुवाको गोसाईकुण्ड गाउँपालिकाका तीनवटा वडा पूर्ण रूपमा प्रभावित भएका छन्। क्षतिको यकिन विवरण अझै आउन सकेको छैन। रसुवासहित नुवाकोट, धादिङ र चितवन लगायत क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। सबैभन्दा बढी क्षति रसुवाको गोसाईकुण्ड गाउँपालिकाका तीनवटा वडामा भएको छ।
चीनको तिब्बत हुँदै बग्ने ल्हेन्दे खोलादेखि रसुवागढी नाकाबाट भोटेकोसी नदीमा आएको बाढीले नुवाकोटको त्रिशूली र बेत्रावती बजार क्षेत्रमा अकल्पनीय क्षति पुर्याएको छ। बाढी र त्यसबाट भएको क्षतिका कारण रसुवा र नुवाकोटका चीनसँग जोडिएका सीमावर्ती नाका अब फेरि खुल्नै नसक्ने गरी बन्द भएका छन्।
Read full story at source (khabarhub.com)