रसुवाको बाढीले बागमतीमा ५५ जनाको शव फेला
gorkhapatraonline.com · Wed Aug 26 13:27:08 GMT 2026

तिब्बतबाट आएको भोटेकोशी नदीको बाढीका कारण बागमती प्रदेशका विभिन्न जिल्लामा ५५ जनाको शव फेला परेको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार बुधबार साँझ ६ बजेसम्म रसुवा, नुवाकोट, धादिङ, चितवन र गोरखामा ती शव फेला परेका हुन् ।
फेला परेका शवमध्ये २२ जना महिला, ३१ जना पुरुष र दुई जनाको पहिचान खुल्न बाँकी रहेको प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक एवं सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाले जानकारी दिनुभयो । उहाँका अनुसार रसुवामा एक जना, नुवाकोटमा ११ जना, धादिङमा १६ जना, चितवनमा १८ जना र गोरखामा नौ जनाको शव फेला परेको छ ।
Read full story at source (gorkhapatraonline.com)