बाढी प्रभावितलाई सघाउँदै काठमाडौँ महानगर : ४ वटा एम्बुलेन्स नुवाकोट पठाइयो, स्वास्थ्यकर्मी परिचालन गरिने
ratopati.com · Wed Aug 26 13:33:15 GMT 2026

काठमाडौँ। भोटेकोशी नदीमा आएको आकस्मिक र विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि काठमाडौँ महानगरपालिकाले आवश्यक तयारी थालेको छ। बुधबार बिहान आएको ठूलो बाढीले रसुवा, नुवाकोट लगायतका जिल्लामा जनधनको ठूलो क्षति पुर्याएपछि महानगरपालिकाले विपद् व्यवस्थापनमा आफ्नो भूमिका सक्रिय बनाएको हो।
यसै सन्दर्भमा काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा महानगर विपद् व्यवस्थापन समितिको आकस्मिक बैठक सम्पन्न भएको छ। बैठकले बाढी प्रभावित क्षेत्रमा तत्काल स्वास्थ्यकर्मी, एम्बुलेन्स र राहत सामग्री पठाउने तथा आवश्यक समन्वय गर्ने निर्णय गरेको छ।
Read full story at source (ratopati.com)