नेपाल–चीन सीमा क्षेत्रमा हिमचट्टानको पहिरो!
saralpatrika.com · Wed Aug 26 13:35:06 GMT 2026

काठमाडौँ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नेपाल–चीन सीमा क्षेत्रमा चट्टानसहितको हिमपहिरो गएको र त्यसका कारण ल्हेन्दे खोलामा गेग्रानसहितको बाढी आएको प्रारम्भिक निष्कर्ष निकालेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा धर्मराज उप्रेतीका अनुसार रसुवागढी नाकाबाट करिब २० किलोमिटर उत्तरपूर्व नेपाल–चीन सीमामा हिम पहिरो गएर बाढी आएको र टिमुरे हुँदै उक्त बाढी त्रिशूली नदीमा मिसिएको प्रारम्भिक विश्लेषणबाट देखिएको हो।
Read full story at source (saralpatrika.com)