ओमानको तटमा व्यापारिक जहाजमाथि आक्रमण, एक भारतीय चालक दलका सदस्य बेपत्ता
clickmandu.com · Sun Jul 12 08:48:17 GMT 2026

एजेन्सी । भारतको विदेश मन्त्रालयले आइतबार ओमानको तट नजिकै भारतीय चालक दलका सदस्यहरू सवार एक व्यापारिक जहाजमाथि भएको आक्रमणको कडा निन्दा गरेको छ । पश्चिम एसियामा व्यापारिक ढुवानीमाथि भइरहेका निरन्तर आक्रमणहरू अत्यन्तै चिन्ताजनक भएको बताएको छ ।
विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले एक विज्ञप्ति जारी गर्दै जहाजमा सवार ११ भारतीय नागरिकमध्ये १० जनाको उद्धार गरिएको र एकजना अझै बेपत्ता रहेको जानकारी दिएका छन् ।
Read full story at source (clickmandu.com)