भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ७२ पुग्यो (अपडेट)
nepalnews.com · Wed Aug 26 13:44:55 GMT 2026

काठमाडौँ। रसुवाको भोटेकोशी नदीमा तिब्बतबाट आएको आकस्मिक बाढीका कारण मृत्यु हुनेको संख्या ७२ पुगेको छ। सशस्त्र प्रहरीका अनुसार बुधबार बेलुकासम्म मृत्यु हुनेको संख्या ७२ पुगेको हो।
सशस्त्र प्रहरीका सहायक प्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार पहिचान नखुलेका १५ सहित ७२ जनाको शव विभिन्न जिल्लामा भेटिएको हो। प्राप्त विवरण अनुसार रसुवामा १, नुवाकोटमा ११, धादिङमा १८, चितवनमा २८, गोरखामा ९, तनहुँमा ४ र नवलपरासीपूर्वमा १ जनाको शव फेला परेको छ।
Read full story at source (nepalnews.com)