बेपत्ता नागरिकको खोजी तीव्र बनाउन पूर्वराजा ज्ञानेन्द्रको आग्रह
nepalsamaya.com · Wed Aug 26 13:40:34 GMT 2026

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले चीनको स्वशासित क्षेत्र तिब्बतमा हिमताल फुटेर आएको भीषण बाढीका कारण नेपालमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्।
उनले बाढीका कारण भोटेकोशी र त्रिशूली नदीमा पानीको बहाव बढ्दा रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र नवलपरासीका नदी तटीय क्षेत्रका बजार, बस्ती तथा नागरिक प्रभावित भएको बताएका छन्। बाढीबाट सडक, पुल, विद्युत् आयोजना, खेतीपाती लगायतका भौतिक संरचनामा ठूलो क्षति पुगेकोप्रति उनले दुःख व्यक्त गरेका छन्।
Read full story at source (nepalsamaya.com)