वायुसेवा कम्पनीलाई क्यानको निर्देशन- हवाई भाडा वृद्धि नगर्नू
kendrabindu.com · Wed Aug 26 13:40:27 GMT 2026

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले प्राकृतिक विपत्तिको विषम परिस्थितिमा हवाई भाडा वृद्धि नगर्न वायुसेवा कम्पनीहरूलाई आग्रह गरेको छ । क्यानले आज विज्ञप्ति जारी गर्दै आन्तरिक उडानतर्फका वायुसेवा कम्पनीलाई उक्त आग्रह गरेको हो ।
‘हाल देशमा उत्पन्न बाढी तथा प्राकृतिक विपत्तिको विषम् परिस्थितिमा सर्वसाधारणको आवागमनमा सहजता र हितलाई मध्यनजर गर्दै नेपाल सरकारबाट स्वीकृत हवाई भाडादरको उच्चतम भाडादरभन्दा कम र परिस्थितिलाई मध्यनजर गर्दै समुचित हालको भाडादरमा नबढ्ने गरी हवाई टिकट उपलब्ध गराउने व्यवस्था गर्न निर्देशानुसार अनुरोध छ’, क्यानको हवाई यातायात विभागका उपप्रबन्धक सन्तोष अधिकारीले विज्ञप्तिमा भनेका छन् ।
Read full story at source (kendrabindu.com)