खुद्रा काममा नअल्झिई स्वास्थ्यको प्रणालीगत सुधारमा लाग्न सरकारलाई सुझाव
corporatenepal.com · Sun Jul 12 09:00:23 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवं पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रको रूपान्तरणका लागि खुद्रा काममा मात्र नअल्झिई प्रणालीगत सुधारमा लाग्न वर्तमान सरकारलाई सुझाव दिएका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता पौडेलले अस्पताल फार्मेसीको बोर्ड मात्र परिवर्तन गरेर नागरिकले सहज सेवा पाउने वा औषधिको मूल्यमा सुशासन कायम हुन नसक्ने बताए । स्वास्थ्य क्षेत्रको रूपान्तरण दीर्घकालीन योजना र नागरिकले प्रत्यक्ष राहत महसुस गर्ने व्यवहारिक समाधानको सम्मिश्रणबाट मात्र सम्भव हुने उनको भनाइ छ ।
Read full story at source (corporatenepal.com)