भोटेकोशी बाढीमा सरकार के-के गर्दैछ ? प्रधानमन्त्री बालेनले लेखे स्टाटस
kendrabindu.com · Wed Aug 26 13:55:46 GMT 2026

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएपछि प्रधानमन्त्री बालेन शाहले सरकार उद्धार, उपचार, खोजतलास र राहत कार्यलाई तीव्र बनाउन सम्पूर्ण संयन्त्र परिचालन गरिएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले बाढीमा परी ५० भन्दा बढी नागरिकले ज्यान गुमाएको जानकारी दिँदै मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरे। उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित नागरिकलाई राज्य एक्लै नछाड्ने प्रतिबद्धता जनाए।
Read full story at source (kendrabindu.com)