नुवाकोट र धादिङका बाढीपीडितका लागि १६ स्थानमा अस्थायी आवास निर्माण
gorkhapatraonline.com · Wed Aug 26 13:58:29 GMT 2026

सरकारले बाढीबाट घरबारविहीन भएका पीडितहरूका लागि धादिङ र नुवाकोटमा अस्थायी आवास स्थापना गरेको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोट र जिल्ला प्रशासन कार्यालय धादिङले विभिन्न स्थानमा अस्थायी आवास निर्माण गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालय नुवाकोटका अनुसार विदुर-७ तुप्चेस्थित पुस्तकालय (२०० जनाको क्षमता), विदुर-१ त्रिशूली ढुङ्गे क्षेत्र र विदुर-४ सिमचौरका लागि बालमन्दिरमा (१०० जनाको क्षमता), विदुर-५ देवीघाटस्थित आयुर्वेद वैकल्पिक चिकित्सालयमा (३०० जनाको क्षमता) को अस्थायी आवास निर्माण गरिएको छ ।
Read full story at source (gorkhapatraonline.com)