प्रधानमन्त्री बालेनले भने– उद्धारमा सम्पूर्ण शक्ति र संयन्त्र परिचालन गरिएको छ
baahrakhari.com · Wed Aug 26 14:09:57 GMT 2026

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीले पुर्याएको मानवीय र भौतिक क्षतिले सिंगो देशलाई नै स्तब्ध र मर्माहत बनाएको बताएका छन् । बुधबार साँझ सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री बालेनले प्राकृतिक विपद्को यो अप्रत्याशित बज्रपातले सबैलाई गहिरो पीडामा धकेलेको बताए ।
"बाढीबाट ज्यान गुमाउनेप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् । आफ्नो मान्छे, आफ्नो परिवार र सर्वस्व गुमाएर शोकमा डुब्नुभएका ती दाजुभाइ तथा दिदीबहिनीहरूमा गहिरो समवेदना व्यक्त गर्दछु । तपाईंहरूको यो असैह्य पीडामा सिंगो नेपाल सरकार र सम्पूर्ण देशबासी साथमा छौँ । बाढीमा परी घाइते हुनुभएका र अस्पतालमा उपचार गराइरहनुभएका सबै नागरिकहरूको छिटोभन्दा छिटो स्वास्थ्य लाभको कामना गर्दछु," प्रधानमन्त्री बालेनले लेखका छन् ।
Read full story at source (baahrakhari.com)