रसुवामा बाढीपछि उद्धार तीव्र, १५ हेलिकप्टर परिचालन
barnanmedia.com · Wed Aug 26 14:15:22 GMT 2026

रसुवामा आएको बाढीबाट प्रभावितको उद्धारका लागि नेपाली सेना तथा निजी क्षेत्रका गरी १५ वटा हेलिकप्टर परिचालन गरिएको छ । नेपाली सेनाका ७ र निजी क्षेत्रका ८ वटा हेलिकप्टरमार्फत उद्धार कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ ।
बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाका हवाई साधनमार्फत हालसम्म ९७ जनाको उद्धार गरिएको छ । उद्धार कार्यलाई थप प्रभावकारी बनाउन हेलिकप्टरमार्फत प्रभावितहरूको खोज तथा उद्धार भइरहेको जनाइएको छ ।
Read full story at source (barnanmedia.com)