‘तपाईंहरू एक्लो हुनुहुन्न, उद्धार, उपचार, खानपिन र बसोबासको पूर्ण जिम्मेवारी सरकारले लिन्छ’ : प्रधानमन्त्री बालेन
arthasansar.com · Wed Aug 26 14:19:27 GMT 2026

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकलाई राज्य आफ्ना सम्पूर्ण साधन र स्रोतका साथ साथमा रहेको बताएका छन्। उनले बाढी प्रभावित नागरिकलाई धैर्य गर्न आग्रह गर्दै उद्धार, उपचार, खानपिन तथा बसोबासको पूर्ण जिम्मेवारी सरकारले लिने बताएका हुन्।
प्रधानमन्त्री शाहले बाढी प्रभावित नागरिकलाई सम्बोधन गर्दै भनेका छन्, ‘तपाईंहरूले भोग्नुपरेको पीडा र गुमाएको क्षति सानो छैन। तर म तपाईंहरूलाई विश्वास दिलाउन चाहन्छु—यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न। राज्य आफ्ना सम्पूर्ण साधन र स्रोतका साथ तपाईंहरूकै साथमा छ।’
Read full story at source (arthasansar.com)