नेपाल मेडिकल कलेजमा च्यारिटी स्पोर्ट्स सुरु
swasthyakhabar.com · Sun Jul 12 09:29:51 GMT 2026
काठमाडौं - नेपाल मेडिकल कलेजमा आजदेखि १५ दिने च्यारिटी स्पोर्ट्स फेस्ट सुरु भएको छ । शुक्रबार कलेजकी प्रबन्ध निर्देशक डा. सबिहा यासमिनले म्याराथुनको उद्घाटन गर्दै २ सातासम्म हुने च्यारिटी स्पोर्ट्स फेस्टको सुरुवात गर्नुभयाे ।
म्याराथुनमा पुरूषतर्फ अजय क्षेत्री प्रथम हुँदा सुमन तामाङ दाेस्रो र मनिष ऐर तेस्रो भए । महिला तर्फ सन्ध्या पाैडेल प्रथम हुँदा क्रमशः राेशीका बैद्य र दर्शिता भण्डारी दाेस्रो र तेस्रो भए । उनीहरूलाई कलेजकी प्रबन्ध निर्देशक डा. सबिहा यासमिनले मेडल तथा प्रमाणपत्र वितरण गर्नु भएकाे थियाे ।
Read full story at source (swasthyakhabar.com)