हामी जो बाँचेका छौं- हिमाली सुनामीका पीडितलाई सघाउँ
onlinekhabar.com · Wed Aug 26 14:23:03 GMT 2026

स्याफ्रुबेसी, टिमुरे क्षेत्र हुँदै भोटेकोशी अनि त्रिशुलीले थालेको विनाश मध्य नेपालको तराई क्षेत्रसम्मै देखिएको छ । बुधबार साँझसम्म अनलाइनखबरको टिमले अनवरत रुपमा संकलन गरेका क्षतिका रिपोर्ट, दृश्य अनि थुप्रै स्थानीय पीडितहरूसँग गरेको कुराकानीका आधारमा हामी भन्न सक्छौं- सम्भवतः ०७२ को महाभूकम्पपछिको जनधन क्षति यो बाढीले दिलाएको हुनुपर्छ ।
समुद्रमा अकस्मात् आउने आँधीलाई सुनामी नाम दिने गरिन्छ । यस्तै हिमाली क्षेत्रमा जलवायु परिवर्तन तथा विभिन्न संकटले सिर्जेको परिणाम हो भोटेकोशी तथा त्रिशुली क्षेत्रमा देखिएको विपत्ति । यस क्षेत्रमा हराएका पर्यटकको संख्या अझै यकिन छैन । सुरक्षाकर्मी तथा सर्वसाधारण हराएका छन् । तिनको वास्तविक तथ्यांक यो सम्पादकीय लेख्दासम्म प्राप्त छैन ।
Read full story at source (onlinekhabar.com)