बाढीपीडितको उद्धार र राहतमा सहयोग गर्न मुख्यमन्त्री आचार्यको अपिल
himalpress.com · Wed Aug 26 14:24:52 GMT 2026

बुटवल- रसुवा, नुवाकोट र धादिङमा आएको बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतलाई उच्च प्राथमिकता दिन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सम्बन्धित सबै निकायलाई आग्रह गरेका छन्।
बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले बुधबार जारी गरेको वक्तव्यमा बाढीमा परी ज्यान गुमाउने नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका हुन्। उनले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
Read full story at source (himalpress.com)