गोरखामा एकतिहाइ मात्र मल आपूर्ति
ratopati.com · Sun Jul 12 09:35:59 GMT 2026

गोरखा। गोरखामा धान रोपाइँको मुख्य समयमा आवश्यक रासायनिक मलको एकतिहाइ मात्र आपूर्ति भएको छ। जिल्लामा आवश्यक तीन हजार ५०० मेट्रिकटन मलमध्ये हालसम्म एक हजार १०० मेट्रिकटन मात्र प्राप्त भएको कृषि विकास कार्यालय गोरखाले जनाएको छ।
कार्यालय प्रमुख कुलप्रसाद तिवारीका अनुसार प्राप्त मल कोटा निर्धारण गरी स्थानीय तहलाई उपलब्ध गराइएको छ। स्थानीय तहले समूह र सहकारीमार्फत किसानलाई मल वितरण गरिरहेका छन्।
Read full story at source (ratopati.com)