अस्ट्रेलियन क्यापिटल टेरिटोरीविरुद्धको खेलमा नेपाल ‘ए’ विजयी
gorkhapatraonline.com · Wed Aug 26 14:38:11 GMT 2026
अस्ट्रेलियामा जारी टप एन्ड ट्वान्टी २० सिरिजअन्तर्गत अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी) विरुद्धको खेलमा नेपाल ‘ए’ विजयी भएको छ । अस्ट्रेलियाको डार्विनस्थित मरारा क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल ‘ए’ले एसीटीलाई ४ विकेटले पराजित गरेको हो ।
एसिटीले दिएको १४१ रनको लक्ष्य नेपाल ‘ए’ले १९.२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि कुशल भुर्तेलले उत्कृष्ट ब्याटिङ गर्दै ६१ रन बनाए । उनले ४७ बलमा ५ चौका र एक छक्का प्रहार गरे । त्यस्तै पवन सर्राफ २९ रनमा अविजित रहे । मयन यादवले २१ तथा लोकेश बमले १२ रन बनाए । बलिङतर्फ एसिटीका ज्याक कहले ३ तथा जित मेहताले २ विकेट लिए ।
Read full story at source (gorkhapatraonline.com)