रसुवा बाढीका कारण दोलखाका १८ जना सम्पर्क विहिन
annapurnapost.com · Wed Aug 26 14:34:00 GMT 2026

दोलखा : बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण दोलखाका १८ जना सम्पर्क विहिन रहेको उनीहरुको आफन्तले बताएका छन्। दोलखाका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पोखरेलले भने आधिकारीक रुपमा दोलखाका मानिस सम्पर्क विहिन बनेको जानकारी प्राप्त नभएको बताए।
जिल्ला प्रशासन कार्यालयले सबै पालिकाहरुलाई कोही सम्पर्क विहिन भएको जानकारी आए प्रशासनमा खबर गर्न अनुरोध गरेको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए। रसुवामा हाईड्रोपावर, बैंक, सरकारी कार्यालय लगायत बिभिन्न क्षेत्रमा कार्यरत तथा गोसाईकुण्ड भ्रमणमा गएका दोलखाको बिभिन्न पालिकाका १८ जना सम्पर्कमा नआएको स्रोतले जनाएको छ।
Read full story at source (annapurnapost.com)