रसुवा बाढीमा १३३ भन्दा बढी जलविद्युत् कर्मचारी र कामदार सम्पर्कविहीन
aarthiknews.com

काठमाडौं । रसुवामा आएको भीषण बाढीका कारण जिल्लाका विभिन्न जलविद्युत् आयोजना तथा प्रसारण संरचनामा कार्यरत १३३ भन्दा बढी कर्मचारी तथा कामदार सम्पर्कविहीन भएका छन्। सम्पर्कविहीन हुनेमा नेपालीसँगै विदेशी कामदारसमेत रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार निर्माणाधीन त्रिशूली–३ बी जलविद्युत् आयोजनाको साइटमा कार्यरत २१ जना कर्मचारी बाढीपछि सम्पर्कमा छैनन्। त्यस्तै, चिलिमे जलविद्युत् कम्पनीको चिलिमे जलविद्युत् केन्द्रको पावर प्लान्ट क्षेत्रमा रहेका ६ जना र आवास क्षेत्र आसपासका एक जना सम्पर्कविहीन छन्।
Read full story at source (aarthiknews.com)