त्रिशूली नदीको गोरखातर्फको बगरमा आठ शव फेला
hamrakura.com · Wed Aug 26 00:00:00 GMT 2026

गोरखा । भोटेकोशी नदीमा गएको बाढीपछि गोरखा जिल्लासित जोडिएको क्षेत्रमा आठ जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार प्रहरीले त्रिशूली नदीको गोरखातर्फको बगरमा ती शव फेला पारेको हो ।
गण्डकी गाउँपालिका–८ धवादीघाटस्थित नदी किनारमा एक पुरुषको शव फेला परेको छ । यस्तै, गण्डकी–६ भुम्लिचोकस्थित त्रिशूली नदी किनारमा एउटा, गण्डकी–१ बुट्टारस्थित नदी किनारमा एउटा तथा गण्डकी–४ फेवाटारमा एक पुरुषको शव फेला परेको छ ।
Read full story at source (hamrakura.com)