रास्वपाले बाढीपीडितका लागि ५० लाख दिने, ‘र्याट’ परिचालन गर्ने
lokaantar.com

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु ५० लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । साथै, प्रभावित क्षेत्रमा उद्धार र राहतमा सघाउन पार्टीका समिति, सदस्य तथा शुभचिन्तकलाई स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी र्यापिड याक्सन टिम (र्याट) मार्फत सक्रिय परिचालन गर्ने निर्णय गरेको छ ।
रास्वपा सचिवालयको आज बसेको बैठकले विपद्का कारण प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासीलगायत जिल्लाका नागरिकको उद्धार, राहत र पुनःस्थापनालाई प्राथमिकता दिँदै छ बुँदे निर्णय गरेको हो ।
Read full story at source (lokaantar.com)