विपद्बाट भएको क्षतिको विवरण सङ्कलन गर्न ‘र्यापिड एक्सन टिम’ गठन गर्न निर्देशन
ratopati.com · Wed Aug 26 14:51:09 GMT 2026

काठमाडौँ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले बाढीबाट भएको क्षतिको तत्काल विवरण सङ्कलन तथा आवश्यक समन्वयका लागि मन्त्रालयअन्तर्गतका पाँच वटा सम्बन्धित विभाग तथा निकायलाई ‘र्यापिड एक्सन टिम’ गठन गरी परिचालन गर्न निर्देशन दिएकी छिन्।
मन्त्री चौधरीले सम्बन्धित निकायहरूले आ–आफ्नो क्षेत्राधिकारभित्र विपद्बाट भएको क्षतिको स्थलगत विवरण तत्काल सङ्कलन गरी उद्धार, राहत, पुनःस्थापना तथा आगामी कार्ययोजना निर्माणमा सहयोग पुग्नेगरी आवश्यक प्रतिवेदन तयार गर्न निर्देशन दिएकी हुन्।
Read full story at source (ratopati.com)