मालपोत अधिकृतसहित ५ जनाविरूद्ध साढे ४ करोडको भ्रष्टाचार मुद्दा दायर
ratopati.com · Wed Sep 02 10:02:43 GMT 2026

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको सिद्धार्थनगरस्थित बहुमूल्य सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरी भ्रष्टाचार गरेको अभियोगमा मालपोत कार्यालयका तत्कालीन प्रमुखसहित पाँच जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
साविकको बुझौली गाउँ पञ्चायतमा पर्ने सरकारी (हदबन्दीको) जग्गा भू-माफिया र कर्मचारीको मिलेमतोमा व्यक्तिको नाममा ल्याई राज्यलाई ४ करोड ५३ लाख ४१ हजार ८ सय रुपैयाँ नोक्सानी पुऱ्याएको अख्तियारको जिकिर छ ।
Read full story at source (ratopati.com)