'देश बदलियोस्, म बदलिन्नँ': न्यू रोडको फुटपाथमा छताछुल्ल भएको हाम्रो कुरुप सामाजिक ऐना र दोहोरो चरित्र!
barnanmedia.com · Sun Jul 12 10:30:50 GMT 2026

काठमाडौँ — काठमाडौँको न्यू रोड। नेपालकै सबैभन्दा ब्यस्त र महँगो व्यापारिक केन्द्र। तर, केही दिनयता यहाँको फुटपाथले फेरि एउटा पुरानो, परिचित तर कुरुप यथार्थलाई ब्युँताइदिएको छ। पैदलयात्रीका लागि छुट्याइएको टायल छापिएको सडक किनार यतिबेला फलफूल, खेलौना र कपडाका पोकाहरूले भरिएको छ। सडकको एक छेउमा गाडी र मोटरसाइकलको जथाभाबी जाम छ भने अर्को छेउमा मानिसहरू सामान मोलमोलाइ गरिरहेका छन्।
सतहबाट हेर्दा यो केवल एउटा अस्तव्यस्त बजार जस्तो देखिन्छ। तर, यसको गहिराइमा हालै काठमाडौँमा घटेका शृङ्खलाबद्ध आत्मदाहका घटना र त्यसपछि पैदा भएको सामाजिक तथा प्रशासनिक मनोवैज्ञानिक पराकम्प लुकेको छ।
Read full story at source (barnanmedia.com)