बाढी प्रभावितलाई भारतले पठायो राहत सामग्री
ratopati.com · Wed Aug 26 15:32:04 GMT 2026

काठमाडौँ। रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीका कारण ठुलो मानवीय क्षति भएको छ। यस विपद्को समयमा नेपाललाई सहयोग गर्न भारत सरकारले राहत सामग्री पठाएको छ।
भारतका विदेशमन्त्री डा. एस. जयशंकरले नेपालको बाढी प्रभावित क्षेत्रलाई लक्षित गर्दै १० टन मानवीय सहायता तथा अत्यावश्यक औषधिहरू पठाएको जानकारी दिएका हुन्। विपद्को यो कठिन परिस्थितिमा शोकमा रहेका परिवारहरूप्रति समवेदना प्रकट गर्दै विदेशमन्त्री जयशंकरले भनेका छन्, ‘संकटको यो सामना गर्नुपर्ने अवस्थामा भारत नेपाल र यहाँका जनताको पक्षमा उभिएको छ ।’
Read full story at source (ratopati.com)