बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजमा निःशुल्क उपचार
swasthyakhabar.com · Wed Aug 26 15:53:19 GMT 2026

काठमाडौं - रसुवा, नुवाकोट, धादिङलगायतका नदी तटीय क्षेत्रमा भीषण बाढीका कारण जनधनको क्षति भएपछि नेपाल मेडिकल कलेजले बाढीबाट प्रभावित तथा घाइते नागरिकको निःशुल्क स्वास्थ्य उपचार गर्ने भएको छ ।
मित्रराष्ट्र चीनको तिब्बतस्थित भू–भागबाट आएको बाढीका कारण २०८३ भाद्र १० गते बिहानदेखि रसुवा, नुवाकोट, धादिङलगायतका नदी तटीय क्षेत्रमा ठूलो क्षति भएको घटनाप्रति नेपाल मेडिकल कलेजले गहिरो मानवीय संवेदना व्यक्त गर्दै विपद्को यस विषम परिस्थितिमा प्रभावित नागरिकको जीवनरक्षालाई प्राथमिकतामा राख्दै निःशुल्क स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने निर्णय गरेको हो ।
Read full story at source (swasthyakhabar.com)