वाणिज्य बैंकहरूको नाफा १९.६२ प्रतिशत बढ्यो, ११ महिनामा ६४ अर्ब ५६ करोड आर्जन
aarthiknews.com

काठमाडौं। चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्म नेपालका २० वाणिज्य बैंकले कुल ६४ अर्ब ५६ करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। यो गत आर्थिक वर्षको सोही अवधिको ५३ अर्ब ९७ करोड ३४ लाख रुपैयाँको तुलनामा १९.६२ प्रतिशत बढी हो।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार सञ्चालनमा रहेका सबै २० वाणिज्य बैंक नाफामा रहेका छन्। समीक्षा अवधिमा १४ बैंकले नाफा बढाएका छन् भने ६ बैंकको नाफा घटेको छ।
Read full story at source (aarthiknews.com)