टोलीसहित गृहमन्त्री पुगे खरिपाटी होल्डिङ सेन्टर, सूचना लुकाउन पत्रकारलाई गेटमै रोकियो
barnanmedia.com · Sun Jul 12 10:54:13 GMT 2026

गृहमन्त्री सुदन गुरुङसहित उच्च सरकारी टोलीले आइतबार भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरको निरीक्षण गरेको छ। गृहमन्त्रीको नेतृत्वमा गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय भक्तपुर तथा सुरक्षा निकायका उच्च अधिकारीहरू करिब दुई घण्टा सेन्टरमा बसेर व्यवस्थापन, पूर्वाधार, सेवा–सुविधा तथा त्यहाँ आश्रित परिवारहरूको अवस्थाबारे जानकारी लिएका थिए।
तर निरीक्षणको समाचार संकलन गर्न पुगेका सञ्चारकर्मीलाई भने मुख्य प्रवेशद्वारमै रोकिएको थियो। सुरक्षाकर्मीले ‘माथिको निर्देशन’ भन्दै पत्रकारलाई भित्र प्रवेश गर्न नदिएपछि प्रेस स्वतन्त्रता र सरकारी कामकारबाहीको पारदर्शितामाथि प्रश्न उठेको छ। प्रमुख जिल्ला अधिकारी तथा अन्य जिम्मेवार अधिकारीसँग सम्पर्क गर्दा पनि प्रवेशको अनुमति नपाएको पत्रकारहरूले बताएका छन्।
Read full story at source (barnanmedia.com)