अमेरिकी नयाँ प्रतिबन्धले केही हासिल नगर्ने इरानी राष्ट्रपतिको दाबी
lokaantar.com

इरानी राष्ट्रपति मसुद पेजेस्कियनले अमेरिकाले लगाउन लागेको नयाँ आर्थिक प्रतिबन्धबाट केही उपलब्धि हासिल नहुने बताएका छन् । स्थानीय सञ्चारमाध्यमले बुधबार उनको भनाइ उद्धृत गर्दै यस्तो जानकारी दिएका हुन् ।
आइएसएनए समाचार एजेन्सीका अनुसार पेजेस्कियनले सरकारले आर्थिक क्षेत्रमा अघि सारेका उपायका कारण अमेरिकाले आर्थिक दबाबमार्फत केही हासिल गर्न नसक्ने बताएका छन् । “जसरी उसले युद्धमा केही हासिल गर्न सकेन, त्यसरी नै आर्थिक दबाबमार्फत पनि केही हासिल गर्न सक्नेछैन,” उनले भने ।
Read full story at source (lokaantar.com)