त्रिभुवन विश्वविद्यालयद्वारा स्नातकोत्तर तहको परीक्षा स्थगित
ratopati.com · Wed Aug 26 16:18:53 GMT 2026

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन सङ्काय, डीनको कार्यालयले सञ्चालन गरिरहेको स्नातकोत्तर तहका केही परीक्षाहरू प्राकृतिक विपत्तिका कारण स्थगित भएका छन् ।
भोटेकोसी नदीमा आएको बाढीका कारण सिर्जना भएको असहज परिस्थितिलाई ध्यानमा राख्दै भोलि भदौ ११ गतेका लागि तोकिएका विषयहरूको परीक्षा स्थगित गरिएको त्रिवि व्यवस्थापन सङ्काय, परीक्षा नियन्त्रण महाशाखाले जनाएको छ ।
Read full story at source (ratopati.com)