बाढीले बगाएर ल्याएका १८ शव गोरखामा फेला
lokaantar.com

भोटेकोशीमा आज गएको बाढीले बगाएर ल्याएका १८ वटा शव त्रिशूली नदीको गोरखातर्फको बगरमा फेला परेका छन् । राति ९ः०० बजेसम्ममा गोरखातर्फ १८ वटा शव फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए ।
“शव धमाधम फेला परिरहेका छन् । हालसम्म १८ वटा फेला परेका छन्”, उनले भने । शवहरूको खोजी कार्य हालसम्म पनि जारी रहेको उनले बताए ।
Read full story at source (lokaantar.com)