ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा राजुमान डङ्गोल विजयी
tourismface.com · Sun Jul 12 11:28:31 GMT 2026

काठमाडौँ । ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा राजुमान डङ्गोल विजयी भएका छन् । परिषद्को साधारणसभामा भएको निर्वाचनबाट डङ्गोलले अर्का उम्मेदवार प्रश्रय राजभण्डारीलाई पराजित गर्दै विजयी भएको निर्वाचन अधिकृत हरिप्रसाद पङ्गेनीले जानकारी दिए ।
अध्यक्ष डङ्गोलले ७२८ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्धन्द्धी राजभण्डारीले ३६५ मत प्राप्त गरे । यस्तै, प्रथम उपाध्यक्षमा राजीव पाण्डे, द्धितीय उपाध्यक्षमा दावाङ (दावा) तामाङ, तृतीय उपाध्यक्षमा रमेश थापा विजयी भएका छन् ।
Read full story at source (tourismface.com)