अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भन्छन्– मानवीय क्षति भएको छैन, पुल बगाउँदा ४० घर परिवार प्रभावित
lokaantar.com

कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा आएको बाढीले पुल बगाउँदा ४० घर परिवार प्रभावित बनेका छन् ।
आइतबार दिउँसो आएको बाढीले मानवीय क्षति नभए पनि पुल बगाउँदा ४० घर परिवार प्रभावित बनेका अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले लोकान्तरलाई जानकारी दिए । ‘किम्रुङ बग्ने भनेको ठाडो खोला हो । माथितिर बाढी र पहिरो गएको देखिन्छ । ढुंगा र काठ बगाएर ल्याएको छ,’ उनले भने ।
Read full story at source (lokaantar.com)