अर्घाखाँचीका वनक्षेत्रमा रिचार्ज पोखरी निर्माण
rajdhanidaily.com · Sun Jul 12 11:43:51 GMT 2026

अर्घाखाँची । पाणिनी गाउँपालिका-४ स्थित गहुँखर्क वनक्षेत्रमा नमूना रिचार्ज पोखरी निर्माण गरिएको छ । करिब समुद्री सतहबाट करिब एक हजार ७०० मिटर उचाइमा पर्ने यो क्षेत्र प्राकृतिक सौन्दर्यले भरिपूर्ण रहेकाले पर्यावरणीय सन्तुलन कायम गर्न तथा वन्यजन्तुको सहजताका लागि पोखरी निर्माण गरिएको हो ।
वनको बीचमा ढुङ्गाको बाँध निर्माण गरी तयार गरिएको बहुउपयोगी रिचार्ज पोखरीले जलस्रोत संरक्षण, पर्यावरणीय सन्तुलन कायम गर्न तथा जलवायु परिवर्तनका असर न्यूनीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । जिल्लास्थित डिभिजन वन कार्यालयले चालु आर्थिक वर्षमा जलस्रोत संरक्षणलाई प्राथमिकतामा राख्दै उक्त पोखरी निर्माण गरेको हो ।
Read full story at source (rajdhanidaily.com)