मधेश प्रदेशसभामा निरन्तर अवरोधपछि सर्वदलीय कार्यदल गठन
nepalviews.com · Sun Jul 12 11:41:08 GMT 2026

जनकपुर । मधेश प्रदेशसभामा बजेट पुनर्लेखन लगायतका मागहरू राख्दै विपक्षी दलहरूले निरन्तर अवरोध गरेपछि सर्वदलीय कार्यदल गठन गरिएको छ ।
आज बसेको बैठकमा सभामुख राम अशिष यादवले सर्वदलीय कार्यदल गठन गरिएको जानकारी गराएका छन् । सात जना सांसदहरू रहेको यस कार्यदलमा जसपा सांसद उपेन्द्र महतो, सांसद हरिन्द्र नारायण महतो, सांसद प्रमोद कुमार यादव, सांसद सन्जय कुमार यादव, सांसद विमला अन्सारी, सांसद सरिता कुमारी ठाकुर र सांसद जंगीलाल राय रहेका छन्। कार्यदलले आफ्नो कार्यविधि आफैँ बनाउने सभामुखले जानकारी दिए । कार्यदलले आजकै दिनदेखि काम गर्ने जनाइएको छ भने भोलि (सोमबार) विहान कार्यदलको पहिलो बैठक पनि डाकिएको छ ।
Read full story at source (nepalviews.com)