रसुवा बाढी अपडेट : मृतकको संख्या १०० पुग्यो
ratopati.com · Wed Aug 26 16:38:26 GMT 2026

काठमाडौँ । रसुवा स्थित भोटेकोशीमा आएको बाढीका कारण मृत्यु हुनेको संख्या १ सय पुगेको छ । अहिलेसम्ममा १ सय जनाको जनाको शव भेटिएको प्रहरी प्रवक्ता (डीआईजी) अबि नारायण काफ्लेले रातोपाटीलाई बताए । रसुवा, नुवाकोट, धादिङ, चितवन र गोरखा स्थित नदी तटीय क्षेत्रमा शव भेटिएको हो । भेटिएका शवहरूको पहिचान खुलाउने प्रयास भइरहेको डीआईजी काफ्लेले जानकारी दिए ।
बाढीमा परेका २८ जना प्रहरी कर्मचारी सम्पर्कमा छैनन् । बुधबार बिहान ९ बजेतिर चीनको तिब्बत तर्फबाट आएको ल्हेन्दे खोलाको बाढी रसुवाको भोटेकोशीमा मिसिएर ठुलो क्षति पुगेको हो । बाढीका कारण रसुवाको टिमुरे र मैलुङमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरू पनि सम्पर्कविहीन भएका छन् ।
Read full story at source (ratopati.com)