पिकलबल विश्वकपमा नेपालकाे उत्कृष्ट सुरुवात : दावा शेर्पाले जिते कास्यपदक
neplays.com · Wed Sep 02 10:14:00 GMT 2026
दा नाङ, भियतनाम । तेस्रो संस्करणको पिकलबल विश्वकप–२०२६ मा नेपालले ऐतिहासिक सफलता हासिल गरेको छ। भियतनामको दा नाङमा जारी विश्वकपअन्तर्गत नेपाली खेलाडी दावा शेर्पाले पुरुष एकलतर्फ कास्यपदक जित्दै नेपाललाई अन्तर्राष्ट्रिय पिकलबलको प्रतिष्ठित मञ्चमा पहिलो पदक दिलाएका छन्।
विश्वकपमा नेपालसहित विश्वका ६४ देशका खेलाडी तथा टोलीको सहभागिता रहेको छ। विश्वकपको सुरुवातमै नेपाली खेलाडीले पदक जित्न सफल हुनुलाई नेपाली पिकलबलको अन्तर्राष्ट्रिय यात्रामा महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।
Read full story at source (neplays.com)