लोकतन्त्रको लागि सरकारको अशुभ संकेत धेरै भयो : एमाले सचिव बस्नेत
nagariknews.nagariknetwork.com · Sun Jul 12 12:10:04 GMT 2026
नेकपा (एमाले) का सचिव महेश बस्नेतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले नियन्त्रणमा लिएर घर पुर्याएको घटनामा आपत्ति जनाएका छन्। सामाजिक सञ्जालमार्फत उनले प्रधानमन्त्री बालेन्द्र शाह सरकारको लोकतान्त्रिक चरित्रमाथि गम्भीर प्रश्न उठेको बताएका छन्।
उनले आलोचना सहन नसक्ने सत्ताले प्रहरी प्रशासनको दुरुपयोग गरेर नागरिकको आवाज दबाउन खोजेको समेत बताएका छन् । ‘आलोचनाको सामना गर्न नसक्ने सत्ताले प्रहरी प्रशासनको आडमा आवाज दबाउने बाटो रोज्छ। उठेका प्रश्नको जवाफ विचारले होइन, शक्ति दुरुपयोग गरेर दिने प्रवृत्ति लोकतन्त्रका लागि अशुभ संकेत हो,’ उनले भनेका छन्।
Read full story at source (nagariknews.nagariknetwork.com)