भोटेकोशी बाढी: नेपाली सेनाले रातभर उद्धार र खोज कार्य जारी राख्ने
ratopati.com · Wed Aug 26 17:07:14 GMT 2026

रसुवा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीबाट प्रभावितहरूको उद्धारका लागि नेपाली सेनाले आज (बुधबार) रातभर खोज तथा उद्धार कार्य जारी राख्ने भएको छ । बाढीबाट प्रभावितहरूको सङ्ख्या अत्यधिक भएको र उद्धारका लागि चौतर्फी अपिल भइरहेकाले सेनाले रातको समयमा पनि कार्य जारी राख्ने निर्णय गरेको हो ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार आज रातभर ११ एक्स टिमले जमिनको मार्गबाट उद्धार कार्यलाई निरन्तरता दिनेछन् । साथै, भोलि बिहानैदेखि टिमुरेभन्दा माथिल्लो क्षेत्रमा रहेका ठुलो सङ्ख्याका प्रभावितहरूलाई हवाई उद्धार गर्ने तयारी गरिएको छ । बाढीका कारण विभिन्न टनेल (सुरुङ) हरूमा अड्किएका व्यक्तिहरूको उद्धारका लागि पनि प्रयास जारी रहेको सेनाले जनाएको छ ।
Read full story at source (ratopati.com)